रामेछापमा वीपीको शालिक साक्षी राखेर किसानलाई बाँडियो ठेकी–मदानी
३९ जेठ, रामेछाप ।
कोरोना भाइरस (कोभिड–१९) ले नेपालमा पार्न सक्ने खाद्य संकटलाई टार्न कृषि क्षेत्रलाई प्राथमिता दिनुपर्ने सन्देश सहित वीपी कोइराला प्रतिष्ठानले किसानहरुलाई कृषि औजार बाँडेको छ । कोरोना भाइरसका कारण मारमा परेका किसानलाई रामेछाप वीपी कोइराला प्रतिष्ठानले कृषि औजर उपलब्ध गराएको हो । प्रतिष्ठानले रामेछापका एक सय बढी किसानलाई कृषि औजर उपलब्ध गराएको प्रतिष्ठानका सचिव रत्नहरी ढुंगेलले बताउनुभयो ।

‘बनाऔं कृषिमय परिवेश, बन्छ आत्मनिर्भर देश’ भन्ने नाराका साथ महामारी पछि देशमा भोकमारी आउन सक्ने भन्दै आसन्न खाद्य संकटलाई हामी आफैले टार्नु पर्छ भन्ने ध्येयले कृषि औजर वितरण गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार किसानहरुलाई हलो, कोदालो–कोदाली, पिक, साबेल, ठेकी–मदनी, दुध दुहुने बाल्टिन, हँसिया लगायतका सामग्री वितरण गरिएको छ ।

प्रतिष्ठानका अध्यक्ष रामकृष्ण खडकाले किसानहरुलाई खाना भन्दा खजनाको आवश्यकता बढी हुने गरेकाले राहात स्वरुप खाद्यान्न नभइ खाद्यन्न उत्पादनका लागि आवश्यक औजर हस्तान्त्ररण गरेको बताउनुभो । उहाँका अनुसार सीमान्तकृत माझी समुदाय, दलित तथा विपन्न वर्गका किसानहरुलाई कृषि औजर वितरण गरेको छ । रामेछापको सदरमुकाम मन्थलीको वीपीचोकमा वितरण गरिएको कृषि औजरसहित किसानहरुले देबकोटाचोक सम्म शान्तिपूर्ण ¥याली समेत गरेका थिए ।
