रामेछापको गोकुलगंगा गाउँपालिकाका ८ जनामा कोरोना संक्रमण देखियो



५ असोज, रामेछाप ।
रामेछापको गोकुलगंगा गाउँपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रामेछापले स्वाब संकलन गरेर पठाएको २७ जना मध्ये ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले रामेछाप न्युजसँग भन्नुभयो,‘गोकुलगंगा गाउँपालिकाका–६ का एक जना महिला गाउँपालिका वडा नम्बर ४ का सात जनामा कोरोना पुष्टि भएको रिपोर्ट आएको छ ।’

प्रतिक्रिया दिनुहोस्