सार्वजनिक यातायात चलेसँगै रामेछापमा चहल पहलः बुधबार मात्र २६० सवारी भित्रिए



७ असोज, रामेछाप ।
छ महिनासम्म बन्द रहेको सार्वजनिक यातायात सञ्चालनमा आएसँगै रामेछाप जिल्लाभित्र पहलपहल बढन थालेको छ । भदौ २ गतेबाट रामेछाप–काठमाडौं सार्वजनिक यातायात सञ्चालन भएपछि सदरमुकाम मन्थलीमा चहलपहल बढेको हो । रामेछापबाट हाल दैनिक दुई देखि तीन सय सवारी साधन भित्रने गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी बसन्त पाठकले सार्वजनिक यातायात सञ्चालन भएपछि जिल्लाभित्र पहल पहल बढेको बताउनुहुन्छ । उहाँले भन्नुभयो,‘जिल्ला भित्र्ने मुख्य नाका सेलेघाटबाट दैनिक साढे दुई सय भन्दा बढी सवारी साधन आउने र दुई सय भन्दा बढी सवारी साधन बाहिरिने गरेका छन् ।’

बुधबारको तथ्याङक अनुसार १२० ट्रक, २० वटा बस, ४० वटा बलेरो, २० वटा टाटासुमो, १५ वटा टयाक्सी,२५ वटा कार र २० वटा माइक्रो जिल्ला भित्रिएका छन् । सार्वजनिक सवारी साधनले सरकारले तोके भन्दा बढी यात्रु लिएर जाने गरेका छन् ।

सरकारले सिट क्षमता भन्दा आधा मात्र यात्रु बोक्ने पाउने र बाढी पनि बढी लिन पाउने नियम लागू गरेको छ । तर यातायात व्यवसायीहरुले हवाइ कम्पनीहरुले पूरै सिट यात्रु बोक्नु पाउदा सार्वजनिक यातायातको साधनले पनि सिट अनुसार यात्रु बोक्न पाउनु पर्ने माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्