संविधानको रक्षा कांग्रेसले मात्र गर्न सक्छः अध्यक्ष बस्नेत



१९ माघ, रामेछाप ।
नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजङ बस्नेले संविधानको रक्षा नेपाली कांग्रेसले मात्र गर्न सक्ने बताएका छन् । संविधानको रक्षा कम्युनिष्ट पार्टीले नसक्ने बताउदै संविधानको रक्षा कांग्रेसले मात्र गर्न सक्ने बताएका हुन् । उनले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमनको विरुद्ध कांग्रेसले शसक्त रुपमा प्रतिवाद गर्ने बताएका हुन् ।

सोमवार मन्थलीमा नेपाली कांग्रेस भातृसंस्थाहरु द्धारा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीले न्यायलयलाई दिएको धम्कीको भाषा बन्द गर्न चेतावनी दिए ।नेकपाको दुवै समुहसँग कांग्रेस नमिल्ने बताउदै उनले सरकारले आफ्ना देशभरका तरुण दलका अध्यक्ष र कार्यकर्ताहरुर्ला विभिन्न झुटो मुद्धा लगाएर हिरासतमा लिने काम भइरहेको बताए ।

कम्युनिष्टको काम भ्रष्टाचार मात्रै गर्ने र अरुले गरेको कामको बिरोध गर्नु रहेको आरोप लगाउदै अध्यक्ष बस्नेतले कम्युनिष्ट सरकार भ्रष्ट सावित भइसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्