जिल्लाभित्र शान्ति सुरक्षा थप मजबुत बनाउन डिएसपी ढुंगानाको सक्रियता



२९ माघ, रामेछाप ।
जिल्लाभित्रको शान्ति सुरक्षा थप मजबुद्ध बनाउन जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी नवराज ढुंगानाले सक्रियता बढाएका छन् । जिल्लाभित्र कुनै पनि अपराधिक गतिविधि हुन नदिन सरोकारवाला निकायसँग परामर्श गरेका हुन् ।

प्रहरीले समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत वित्तिय कारोबार धेरै हुने मन्थली बजार क्षेत्रमा हुन सक्ने सम्भावित अपराध नियन्त्रण गर्नको लागि मन्थलीमा रहेका १३ वटा बैंकका प्रबन्धक एवं प्रतिनिधिहरुसँग छलफल गरेको छ ।डिएसपी ढुंगानाले समाजमा अपराध हुनु भन्दा अपराध हुन नै नदिने नीति अनुरुप वित्तिय कारोबार धेरै हुने मन्थली बजार क्षेत्रमा कुनै पनि अपराधिक घटना हुन नदिन बैंकका प्रतिनिधिहरुसँग छलफल गरिएको रामेछाप न्युजलाई बताए ।

उनका अनुसार बैंकिङ क्षेत्रमा अपनाउनु पर्ने सुरक्षाको रणनीतिको बारेमा बैंकहरुसँग परामर्श गरिएको हो । मन्थली बजार क्षेत्रलाई सुरक्षित राख्नको लागि मन्थली नगरपालिकाले थप सिसी क्यामेरा थप्ने निर्णय गरेको छ । हाल मन्थली नगरपालिकाको बजार क्षेत्रमा करिब ३८ वटा भन्दा सिसी क्यामेरा सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
6lRhUxFYH, 83diJJh73, RBUmYuAp2dQ2cLxT, c8HFw, eMCy0G, zjO1to3, wK5MuN4NXoWaNc, R53xyS6, NUpat34O, 6idpoW2