अध्यक्ष पोखरेल र मन्त्री ढुंगेल फागुन १५ गते दोरम्बा गाउँपालिका आउने



१३ फागुन, रामेछाप ।
नेकपा ओली समुह बागमती प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेल र केन्द्रीय सदस्य एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल दोरम्बा गाउँपालिका आउने भएका छन् । नेकपा ओली समुह दोरम्बा गाउँ कमिटीले आयोजना गर्ने सभालाई सम्बोधन गर्न अध्यक्ष पोखरेल र मन्त्री ढुंगेल दोरम्बा गाउँपालिकाको टोकरपुर आउने भएका हुन् ।

पार्टी दुई समुहमा विभाजित भएपछि ओली समुह दोरम्बा गाउँकमिटीले पहिलो सभा राखेको हो । नेकपा ओली समुह रामेछापले सुनापती गाउँपालिकामा बाहेक अन्य स्थानीय कमिटीमा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको छ ।

नेकपा ओली समुह केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्य तुला प्रसाद कँडेलका अनुसार गाउँ कमिटीले आयोजना गर्ने कार्यक्रमलाई केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।सभालाई अध्यक्ष पोखरेल, अर्थमन्त्री ढुंगेल, केन्द्रीय सदस्यहरु कमल चौलागाई, माधव ढुंगेल, तुला प्रसाद कँडेल लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्