प्रहरी देखेपछि गौश्वारामा शिकारी बन्दुक छोडेर भागेपछि…..



२२ चैत, रामेछाप ।
रामेछाप दोरम्बा गाउँपालिका–४ गौश्वरास्थित ओख्रेनीमा प्रहरी देखेपछि चोरी शिकारी गर्ने समुह बन्दुक छोडेर भागेका छन् । ओख्रेनीमा भरुवा बन्दुक मार्फत चोरी शिकारी बढेको सूचनाको आधारमा प्रहरीले गस्ती गर्ने क्रममा बाटोमै बन्दुक छोडेर उक्त समुह फरार भएको प्रहरीले बताएको छ ।

अपराधिक क्रियाकलाप गरेर लुक्ने ठाउँको रुपमा चिनिदै आएको गौश्वरामा प्रहरीले अहिले निगरानी बढाएको छ । १९ बर्ष देखि चोरी आरोपमा सजाई पाई फरार गौश्वराका एक व्यक्तिलाई प्रहरीले दुई महिना अघि पक्राउ गरेको थियो । गस्ती गर्ने क्रममा एउटा भरुवा बन्दुक बाटोमै छोडेर शिकारी गर्ने समुह फरार भएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।

गौश्वराका विभिन्न ठाउँमा अवैध भरुवा बन्दुक रहेको सूचना प्राप्त भएकाले ती ठाउँहरुमा निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्रीशकंर श्रेष्ठले रामेछाप न्युजलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्