रामेछापमा उपचार हुन नसकेपछि गम्भीर दुई संक्रमितलाई काठमाडौं पठाइयो



२२ वैशाख, रामेछाप ।
रामेछाप जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर अन्तर्गत संक्रमित हुनेको संख्या ४७ पुगेको छ । रामेछाप जिल्लामा उपचार हुन नसक्ने भएपछि दुई जना गम्भीर संक्रमितलाई थप उपचारको लागि काठमाडौं पठाइएको छ । रामेछाप नगरपालिका –४ का ४० वर्षका पुरुष र मन्थली नगरपालिका–८ का एक पुरुषलाई थप उपचारका लागी काठमाडौ पठाईएको हो ।

स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले दुवै जनाको अवस्था गम्भीर रहेकाले दुई जना संक्रमितलाई काठमाडौं पठाइएको बताए । त्यसैगरी मंगलबार खाँडादेवी गाउँपालिका–३ का वर्ष २१ का एक विद्यार्थी छात्रामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रामेछापले संक्रमितको संख्या बढेसँगै
स्वाब परीक्षणको कामलाई पनि तीब्रता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्