पत्रकार महासंघ रामेछापका अध्यक्ष नयाँघरेलाई कोरोना संक्रमण
२८ वैशाख, रामेछाप ।
नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेलाई कोरोना संक्रमण भएको छ । आज आएको रिपोर्ट अनुसार नयाँ घरलाई कोरोना संक्रमण पुष्टि भएको हो । जिल्लाका पत्रकारहरुलाई कोरोना संक्रमण देखिएपछि विगत पाँच दिनदेखि होम आइसोलेसनमा बस्दै आएका उनको स्वाब परीक्षणको रिपोर्ट गराउदा कोरोना देखिएको थियो ।
अध्यक्ष नयाँघरले विगतका दिनमा आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउदै पिसिआर परीक्षण गराउन आग्रह गरेका छन् । उनले फेसबुक पेजमा अहिलेसम्म आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताउदै संक्रमितहरुलाई उच्च मनोबल बनाउन पनि आग्रह गरेका छन् ।
