रामेछापमा लकडाउन उल्लंघन गर्दै हिडनेलाई सडकमै सजाय दिन थालियो



३० वैशाख, रामेछाप ।
रामेछापमा जारी लकडाउन उल्लंघन गर्ने क्रम बढेको छ । कोरोना संक्रमणको उच्च जोखिममा परेको रामेछापमा थप कोरोना संक्रमण फैलिन नदिनको लागि जिल्ला प्रशासन कार्यालय रामेछापले आठ वटै स्थानीय तहमा लकडाउन घोषणा गरेको छ ।

तर सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाको बजार क्षेत्रमा प्रशासनलाई चुनौती दिदै अनावश्यक रुपमा बजार क्षेत्रमा हिडडुल गर्ने संख्या बढ्दै गएको छ । नागरिकलाइ अत्यावश्यक काम बाहेक घरबाट बाहिर नहिडन प्रहरीले बारम्बार आग्रह गर्दै आएको छ ।

तर प्रहरीको आग्रहलाई वेवास्था गर्दै हिड्ने नागरिकलाई प्रहरीले सडकमै उभ्याएर सजाय दिन सुरु गरेको छ । अत्यावश्यक काम भन्दा पनि विभिन्न बहानाबाजी गर्दै बजार क्षेत्रमा डुल्दै हिडनेलाई प्रहरीले सडकमै एकदेखि दुई घण्टा उभ्याएर सजाय दिन सुरु गरेको हो ।

हिजो साँझबाट बजार क्षेत्रमा अनावश्यक रुपमा हिडडुल गर्ने र भेला भएर गफगाफ गर्नेलाई उभ्याएर सजाय दिन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगानाले रामेछाप न्युजलाई बताए । उनका अनुसार प्रहरीले देवकोटा चोक र जिल्ला प्रहरी कार्यालयको परिसरभित्र ल्याएर डेढ घण्टा उभ्याइने गरिएको छ । यस्ता सजाय चालिस जना भन्दा बढीलाइ दिएकाे उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्