रामेछापमा आत्महत्या गर्न नदीमा हाम फालेका बृद्धलाई भतिजोले बचाए



२३ जेठ, रामेछाप ।
रामेछापकाे तामाकोसी नदीमा हाम फालेर आत्महत्या गर्न लागेका एक बृद्धलाई आफ्ना भतिजोले बचाएका छन् । मन्थली नगरपालिका–१ आकाशे स्थित तामाकोसी नदीमा आज दिउसो साढे चार बजेको समयमा हाम फालेर आत्महत्या गर्न लागेका मन्थली नगरपालिका–६ का ७३ बर्षिय  बृद्धालाइ उनका भतिजोले बचाएका हुन् ।

बृद्धले आत्महत्या गर्न नदीमा हाम फालेपछि नजिकै रहेका भतिजाले पौडी खेलेर उनको उद्धार गरेका थिए । भतिजो नदीमा बृद्ध बचाउन गएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले पारिवारिक तनाबको कारण विरक्तिएर आत्महत्या गर्न नदीमा हाम फालेका बृद्धलाई उनका भतिजाेले बचाएको रामेछाप न्युजलाई बताए । उनका अनुसार आत्महत्या गर्न नदीमा हाम फालेका ती बुद्ध झण्डै नदीको बीचमा पुगेका थिए ।

उनका अनुसार स्थानीयले खबर गरे लगत्तै पुगेको प्रहरी टोलीले पनि मद्दत गरेको थियो । आत्महत्या गर्नबाट बचाइएका बृद्धलाई अहिले जिल्ला प्रहरी कार्यालय रामेछापमा ल्याएर सम्झाउने काम भइरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्