मन्थली नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण
२५ जेठ, रामेछाप ।
मन्थली नगरपालिकाभित्र कोरोना संक्रमितको संख्या बढदै गएपछि सहयोगी हातहरु पनि बढदै गएका छन् । मन्थली नगरपालिकाभित्र सञ्चालित स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्रीको अभाव हुन नदिनको लागि विभिन्न संघ संस्था र व्यक्तिहरुले सहयोग दिन थालेका हुन् ।
नेकपा एमालेकी नेतृ र राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य सोनु रोकाको पहलमा मन्थली नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।अाज आयोजित एक कार्यक्रमकोबीच सहयोग जुटाउन भूमिका खेलेका रोकाले मन्थली नगरपालिकालाई अक्सिजन सिलिन्डरसहितको स्वास्थ्य सामाग्री नगरपालिकाका उप्रमुख माया कार्कीलाई हस्तान्तरण गरेका हुन् ।
उनका अनुसार भरेको अक्सिजन ५ थान, अक्सिजन कन्सन्ट्रेटर ४ थान, पल्स अक्सिमिटर २ थान, एन्टिजेन किट १ सय थान, भिटिएम किट ५ सय र मास्क ५ सय थान पीपीई सेट १५ पीस, गाउन २० थान, थर्मल गन २ थान र १ सय पीस एन–९५ मास्क पनि हस्तान्तरण गरिएको छ ।
