रामेछापमा बिजुली जान नदिन गम्भीर भएर काम गरिरहेका छौः दाहाल



९ साउन, रामेछाप ।
नेपाल विद्युत प्राधिकरण रामेछाप वितरण केन्द्रका प्रमुख कृष्णहरि दाहालले जिल्लाभित्र विद्युत जाने समस्या समाधान गर्न दिनरात लागि परेको बताएका छन् । उनले केही दिनयता प्राविधिक रुपमा देखा परेको समस्या समाधान गर्ने काम भइरहेको बताउदै सकेसम्म अब बिजुली नजाने ढंगले काम गरिरहेको बताए ।

जिल्लाभित्र बिजुली जानुमा लामो दुरीमा सब स्टनेसन रहदा बारम्बार समस्या सृजना हुने गरेको बताउदै दाहालले रामेछाप न्युजसँग भने,‘हामी रातदिन नभनी सहज रुपमा विद्युत सेवा प्रवाह गर्ने कार्यमा लागि परेका छौं ।’ उपभोक्ताहरुले दिएको सल्लाह सुझावलाई आत्मसाथ गरेर काम गरिरहेको बताउदै उनले प्राविधिक रुपमा आइपर्ने समस्या बुझिदिन पनि आग्रह गरे ।

आजबाट विद्युत सेवा प्रवाहमा सुधार भएको बताउदै प्रमुख दाहालले उपभोक्तालाई केन्द्रमा राखेर काम गरिरहेको बताए । बर्षाको कारण रुखका हाँगा विगाले छुने गरेको कारणले पनि बिजुली झ्याप–झ्याप जाने समस्या देखा परेको छ, हामीले ती ठाउँमा रुखका हाँगा काटने काम पनि नियमित रुपमा गर्दै आएका छौ, उनले भने ।

प्रतिक्रिया दिनुहोस्