एमाले रामेछापका विद्यार्थी नेता अधिकारीमाथि अज्ञात समुहद्धारा आक्रमण



२९ साउन, काठमाडौं ।
अनेरास्ववियुका केन्द्रीय सदस्य सागरहरि अधिकारीमाथि अज्ञात समुहले आक्रमण गरेको छ । आज साँझ काटेश्वरमा अधिकारीमाथि आक्रमण गर्दा उनको टाउकोमा गम्भीर चोट लागेको छ ।

घाइते भएका विद्यार्थी नेता अधिकारीको अहिले सिभिल अस्पतालमा उपचार भइरहेको युवा संघका नेता जय गुरुङले जानकारी दिए । गुरुङले आक्रमण गर्ने व्यक्तिलाई कडा भन्दा कडा कारवाहीको माग गरेका छन् । महानगरीय प्रहरी वृत्त कोटेश्वरले आक्रमण गर्ने व्यक्तिहरुको खोजी कार्य भइरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
yjugiBlnPE, EowWQEI28nQE, mTewAWPNW72, vhQ8FIz3iRf, O8qbrSRFBjipUHjs, 9l6hRvZX2wK15BRV, Dlnki, ZRNtSdrVCy9tvPfc, GSaIQl, Z9g2ii9GYffWs