लिखु गाउँपालिकामा १ सय ३८ जनाले दर्ता गराए उम्मेदवारी (नामावली सहित)



२० वैशाख, रामेछाप ।
रामेछापको लिखु गाउँपालिकामा वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि १ सय ३८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

लिखु गाउँपालिकामा कांग्रेसबाट ३२, एमालेबाट ३७, माओवादीबाट ३६, राप्रपाबाट २४, नयाँ शक्ति ५, संघीय समाजवादी फोरम १ र स्वतन्त्र २ जनाले उम्मेदवारी दर्ता गरएका छन् । लिखु गाउँपालिका निर्वाचन अधिकृत नारायण प्रसाद रिसालले गाउँपालिकामा १५ हजार मतदाता रहेको बताए ।

लिखु गाउँपालिकामा को–को
लिखु गाउँपालिकामा पनि राजनीतिक दलहरुले उम्मेदवार दर्ता गराएका छन् । लिखु गाउँपालिकामा कांग्रेसबाट अध्यक्षमा चन्द्र राउत र उपाध्यक्ष कल्पना खड्का, एमालेबाट अध्यक्षमा गोविन्द खड्का, उपाध्यक्षमा दीपशिखा दाहल, माओवादीबाट अध्यक्षमा ध्रुव कार्की, उपाध्यक्षमा वन्दना श्रेष्ठ पौडेलले उम्मेदवारी दर्ता गराएका छन्  l

क–कसले दर्ता गराए उम्मेदवारी ? नामावली सहित

प्रतिक्रिया दिनुहोस्