बाढीमा परी दुई विद्यार्थीको निधन भएकाेप्रति खाँडादेवी गाउँपालिकाद्धारा दुःख व्यक्त
१७ भदौ, रामेछाप ।
भटौली खोलामा आएको बाढीमा परी मृत्यु भएका दुई विद्यार्थीको निधन भएकोप्रति खाँडादेवी गाउँपालिकाले दुःख व्यक्त गरेको छ । बुधवार भटौली खोलामा आएको बाढीमा परी खाँडादेवी गाउँपालिका–५ पकरवासकी ९ वर्षीय अनिसा तामाङ् र सोही वडाकी १२ वर्षीय मनिता सार्कीको शव फेला परेको थियो ।
दुई बालिकाको निधन भएकाेप्रति गाउँपालिकाले आज एक शोक विज्ञप्ती जारी गर्दै निधन भएका विद्यार्थीप्रति श्रद्धान्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजन संमवेदना व्यक्त गरेको छ । गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले बाढीमा परी दुई जना बालिकाको निधन हुनु निकै दुःख घटना भएको बताउदै गाउँपालिकावासीलाई आफ्नो बालबालिकालाई खोला किनारामा एक्लै नछोडन पनि आग्रह गरे । उनले भने,‘बर्षाको समयमा माथिल्लो क्षेत्रमा पानी पर्दा खोलाको सतह बढछ, अब यस्ता दुःखद घटना हुन नदिन सबै सचेत हुनुपर्छ ।’
