रामेछापमा कांग्रेसको प्रदेश क्षेत्रिय अधिवेशनः प्रदेश ‘क’ मा खड्का र प्रदेश ‘ख’मा श्रेष्ठ अगाडि



१५ असोज, रामेछाप ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रामेछापको दुई वटा प्रदेश क्षेत्रिय निर्वाचन सम्पन्न भएर मत गणना भइरहेको छ । मत परिणामको अन्तिम तयारी भइरहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । हिजो सम्पन्न निर्वाचनमा दुवै क्षेत्रमा दुई प्यालन बनाएर निर्वाचन भएको थियो । प्रदेश क मा सभापति लवश्री न्यौपानेको पक्षका निरोज खड्का अगाडि छन भने प्रदेश ख मा पूर्व पार्टी सभापति रामचन्द्र पौडेल पक्षका राजेश कुमार श्रेष्ठ अगाडि रहेको बताइएको छ ।

प्रदेश क मा ६४५ र प्रदेश ख मा ७६८ गरि कूल १४ सय १३ ले मतदाता रहेका छन् । निर्वाचनबाट क्षेत्रका ७ जना पदादिकारी चयन हुनेछ । प्रदेश क बाट पदाधिकारीसहित १७ जना र ख मा पदाधिकारीसहित १८ जना क्षेत्रिय प्रतिनिधि निर्वाचित हुनेछन् । प्रदेश क्ष्ँेत्रीय अधिवशेन अन्तर्गत क मा ५४ र ख मा पनि ५४ जनाको उम्मेदवारी दिएका थिए ।
उम्मेदवार धेरै भएकाले मतगणनाको परिणाम आउने धेरै समय लागेको जिल्ला निर्वाचन अधिकृत विष्णु लुइँटेलले जानकारी दिए । उनका अनुसार करिब मतगणनाको कार्य सम्पन्न भएर अब परिणाम घोषणा गर्ने तयारीमा छौं ।

प्रतिक्रिया दिनुहोस्