नेपाली कांग्रेस रामेछापको आज जिल्ला अधिवेशनः केहीबेरमा मतदान हुँदै



१६ असोज, रामेछाप ।
नेपाली कांग्रेस रामेछापको आज १४ औं जिल्ला अधिवेशन हुँदैछ । जिल्ला अधिवेशनमा सभापतिमा तीन जनाले उम्मेदवारी दिएका छन् । वर्तमान जिल्ला सभापति लवश्री न्यौपाने, नेता कृष्ण महत र पूर्ण बहादुर तामाङ कान्छारामले उम्मेदवारी दर्ता गराएका छन् ।

आज जिल्ला सभापतिसहित पदाधिकारी, कार्यसमिति र केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गर्नको लागि १४ सय १३ जनाले मतदान गर्ने भएका छन् । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताउदै जिल्ला निर्वाचन अधिृकत विष्णु लुइँटेलले केहीबेरमा मतदान सुरु हुने रामेछाप न्युजलाई जानकारी दिए । मन्थली माविमा मतदान स्थल तोकिएको छ । लुइँटेलले निर्वाचनलाई सहज बनाउने पाँच देखि सात वटा लाइनको व्यवस्था गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्