रामेछापमा कांग्रेसको अधिवेशनः जारी मतदान स्थगित गर्ने निर्णय



१६ असोज, रामेछाप ।
नेपाली कांग्रेस रामेछापको १४ औं जिल्ला अधिवेशन अन्तर्गत भइरहेको मतदान स्थगित गर्ने निर्णय भएको छ । रातीको समयमा मतदान गराउन कठिन भएको कारण जिल्ला निर्वाचन अधिकृत विष्णु लुइँटेलले सभापतिका तीनै प्रत्यासीका उम्मेदवारको सहमतिमा भोली बिहान ९ बजेटबाट मतदान सुरु हुने गरी अहिलेलाई स्थगित गर्ने सहमति जुटेको बताए । निर्वाचन अधिकृत लुइँटेलले रातीको समयमा मतदातालाई मत हाल्न कठिनाइ हुने भएको सहमतिमै भोली बिहानबाट मतदान सुरु गर्ने गरी सहमति निर्माण भएको रामेछाप न्युजलाई बताए । आज दिउसो १ बजेटबाट सुरु भएको मतदात राती करिब नौ बजेसम्म सञ्चालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्