माओवादी खाँडादेवी गाउँ कमिटीको अध्यक्षमा बुढाथोकी निर्वाचित



१४ मंसिर, रामेछाप ।
नेकपा माओवादी केन्द्र खाँडादेवी गाउँ कमिटीको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले गंगा बुढाथोकीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । रामेछापमा सात वटा स्थानीय तहको अधिवेशन सम्पन्न हुँदा बुढाथोकी पहिलो महिला अध्यक्षमा निर्वाचित भएकी हुन् ।

अधिवेशनबाट तीन जना उपाध्यक्षहरुमा देव बहादुर घिसिङ, उमेश भण्डारी र डिल बहादुर श्रेष्ठ चयन भएका छन् । त्यसैगरी सचिवमा विक्रम श्रेष्ठ, सह–सचिवमा बलवीर तामाङ र कोषाध्यक्षमा भक्तिमाया श्रेष्ठ चयन भएका छन् । अधिवेशनले ५५ सदस्यीय गाउँ कमिटीका सदस्य पनि चयन गरेको छ । रामेछापमा माओवादीको सात वटा स्थानीय तहमा अधिवेशन सम्पन्न भएको भने लिखु तामाकोसी गाउँ कमिटीको अधिवेशन भने हुन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्