रामेछापको १ सय ७० मतदान केन्द्रमा खटिए ३ सय ४० मतदान अधिकृत, को–कहाँ सूचिसहित



२८ वैशाख, रामेछाप ।
वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले रामेछापको ८ स्थानीय तहको १ सय ७० मतदान केन्द्रमा ३ सय ४० जना मतदान अधिकृत र सहायक मतदात अधिकृत खटाएको छ । ६ गाउँपालिका र २ नगरपालिकामा खटिएका मतदान अधिकृतले आजबाट सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचय पत्र वितरण गर्ने कार्यक्रम रहेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएको छ । बुधवार नै सबै मतदान केन्द्रहरुमा निर्वाचनमा चाहिने मतपेटिका सहित ६४ प्रकारका सामाग्री सहित मतदान अधिकृत पुगिसकेको निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । मुख्य निर्वाचन अधिकृत किरण प्रसाद सिवाकोटीले निर्वाचनमा खटिएका कर्मचारीलाई सयमित भएर काम गर्ने दिर्नेशन दिएको बताए । उनले रामेछाप न्युजसँग भने,‘स्वतन्त्र र निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गराउन निर्वाचनमा खटिएका कर्मचारीलाई निर्देशन दिएर पठाइएको छ ।’ उनका अनुसार निर्वाचनको लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ ।
स्थानीय तहको निर्वाचनको लागि ५ सय ६७ जना म्यादी र झण्डै ७ सय नेपाल प्रहरी खटिने भएका छन् । जिल्ला सुरक्षा समिति रामेछापले अति संवेदशिल, संवेनशिल र सामान्य गरी तीन तहमा वर्गीकरण गरेर सुरक्षा रणनीति लागू गरेको छ । रामेछापको ८ स्थानीय तहमा ६४ वटा वडा रहेको छन् । स्थानीय तहको निर्वाचनमा रामेछापबाट १२ सय ५८ जना उम्मेदवारी उम्मेदवारी परेको छ । जस अुनसार नगरपालिका गाउँपालिका, वडाका अध्यक्ष र सदस्य गरी ३ सय ३६ जना मात्र निर्वाचित हुने छन् ।
रामेछापमा स्थानीय तहको निर्वाचनको लागि १ लाख ३४ हजार ६ सय २० जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी कपिल प्रसाद उपाध्यायले बताए । उनका अनुसार निर्वाचनको लागि आवश्यक व्यस्थापनको काम सकिएको छ ।
रामेछापका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले निर्वाचनको लागि सुरक्षाको सबै तयारी पूरा भएको बताए । उनले रामेछाप न्युजसँग भने,‘स्वतन्त्रत र ढुक्क भएर मतदान गर्ने व्यवस्था मिलाएका छौ,सुरक्षामा खलल पुर्याउने काम कोही कसैले गरे प्रशासनले तत्काल एक्सन लिन्छ ।’ स्थानीय तहको निर्वाचनको लागि पहिलो तहमा म्यादी प्रहरी र नेपाल प्रहरी, दोस्रो तहमा शसस्त्र प्रहरी बल र तेस्रो तहमा नेपाली सेना परिचालन हुनेछ । स्थानीय तहको निर्वाचनका लागि रामेछापमा एक हजार कर्मचारी खटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्