दोरम्बा शैलुङ गाउँपालिकाको भण्डारे दोभानमा बन्यो झोलुङे पुल
७ फागुन, रामेछाप ।
दोरम्बा शैलुङ गाउँपालिकाको भण्डारे दोभानमा झोलुङ पुल निर्माण सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर २ दोरम्बा र वडा नम्बर ३ टोकरपुरको सीमाना भण्डारे दोभानमा छोटो समयमा झोलुङगे पुल निर्माण सम्पन्न गरिएको हो ।
६३ लाख लगानीमा ५७ मिटर लामो झोलुङ पुल निर्माण भएपछि यस क्षेत्रका बासिन्दालाई आवात जावत गर्न सहज भएको छ । खानीखोलको मुहान भण्डारेमा पुल निर्माण भएपछि यस क्षेत्रका बासिन्दा खुसी भएका छन् ।
नवनिर्मित झोलुङ पुलको दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले उदघाटन गरेका छन् । उक्त कार्यक्रममा नेकपा माओवादी दोरम्बा गाउँ कमिटीका अधयक्ष हिरा श्रेष्ठ, दोरम्बा गाउँपालिका–२ दोरम्बाका वडा अध्यक्ष खड्ग बहादुर श्रेष्ठ लगायतकाे सहभागीता रहेको थियो ।



