रामेछापमा ९०८ जनाले गरे मनोनयन दर्ता, कुन पदमा कति ?



१२ वैशाख, रामेछाप ।
रामेछाप जिल्लाको आठ वटा स्थानीय तह र ६४ वटा वडामा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लािग ९०८ जनाले मनोनय दर्ता गराएका छन् । आठ वटा स्थानीय तहबाट प्रमुख उपप्रमख गरी १६ जना र ६४ वडाबाट अध्यक्षसहित ३२० जना पदको लागि ९०८ जनाको उम्मेदवारी परेको छ । रामेछापमा आठ वटा स्थानीय तहमा गरी ३३६ जना निर्वाचित हुनेछन् ।

जिल्ला निर्वाचन कार्यालय रामेछापले दिएको जानकारी अनुसार २ जना नगर प्रमुखको लागि १५ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी दुई जना उप्रमुखका लागि १३को मनोनय दर्ता गराएका छन् । रामेछाप मन्थली नगरपालिका र रामेछाप नगरपालिका रहेको छ । त्यसैगरी ६ जना अध्यक्षको लागि ३६ जना र उपाध्यक्षका लागि ३० जनाले मनोनय दर्ता गराएका छन् ।

६४ वटा वडाका लागि १९६ जनाको उम्मेववारी दर्ता भएको छ । त्यसैगरी १५३ महिला सदस्य, १४० दलित महिला सदस्य र ३२५ जना वडा सदस्य गरी ९०८ जनाको मनोनय दर्ता भएको जिल्ला निर्वाचन कार्यालय रामेछापका प्रमुख मधुकर साहले रामेछाप न्युजलाई जानकारी दिए

प्रतिक्रिया दिनुहोस्