उमाकुण्ड गाउँपालिकामा सुनुवार र कटुवालबीच प्रतिस्पर्धा हुने



२७ वैशाख, रामेछाप ।
रामेछापको उमाकुण्ड गाउँपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । गत चुनावमा एमालेले जितेको पालिकामा पुनः एमालेले जित्ने दावी गर्दै आएको छ । कांग्रेसले पनि चुनाव जित्ने हिसाब निकालेको छ । चुनावी अभियान सम्पन्न गरेका दुवै दलले चुनाव जित्ने रणनीति थालेका छन् ।

उमाकुण्ड गाउँपालिकामा गत निर्वाचनमा जितेका शेरबहादुर सुनुवारलाई एमाले पुनः अध्यक्षको उम्मेदवार बनाएको छ । उनले पाँच बर्षमा राम्रो काम गरेको चुनाव जित्ने दावी गर्दै आएका छन् । त्यसैगरी कांग्रेसबाट पालिकाको अध्यक्षको उम्मेदवार रहेका जित बहादुर कटुवालले पनि चुनाव जित्ने दावी गर्दै आएका छन् ।

गत निर्वाचनमा एमालेले ३१७५, कांग्रेसले २३५४ र माओवादीले ९६७ मत ल्याएको थियो । २०७४को निर्वाचनमा १२ हजार ३१५ मतदाता मध्ये ७ हजार ९०४ मत खसेको थियो । उमाकुण्ड गाउँपालिका हाल १६ हजार २४६ मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्