रामेछापमा प्रदेश निर्वाचनको लागि एमालेले तोक्यो ढकाल र घिसिङलाई कमाण्डर



१५ भदौ, रामेछाप ।
नेकपा एमालेले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि प्रदेशतर्फ दुई जना चुनावी कमाण्डर तोकेको छ । एमालेले प्रदेशसभा ‘क’ का लागि जिल्ला पार्टी उप–सचिव होतराज ढकाल र ‘ख’ का लागि जिल्ला कमिटी सदस्य मिलनकुमार घिसिङको संयोजक बनाउने निर्णय गरेको हो । निर्वाचनको अभियानलाई प्रभावकारी रुपमा अघि बढाउन दुई जनालाई चुनावी कमाण्डर तोकेको छ ।

प्रदेशसभा ‘क’ अन्तर्गत समितिको सह–संयोजकमा आशबहादुर तामाङ र सचिवमा भोला खड्का रहेका छन भने प्रदेश ‘ख’ अन्तर्गत सह–संयोजकमा उज्वल सुवेदी र सचिवमा मखमली श्रेष्ठलाई जिम्मेवारी दिने निर्णय पार्टी प्रचार विभाग प्रमुख प्रकाश कुमार कार्कीले बताए । उनका अनुसार पार्टीबाट यही भदौ १९ गते बस्ने बैठकले प्रदेश सभा सदस्य प्रत्यक्षतर्फका उम्मेदवारहरुको सिफारिस गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्