शैलुङमा पुनः सञ्चालनमा आयो बन्द रहेकाे पर्यटक क्याम्प



१९ असोज,रामेछाप ।
रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवास्थित खाेलाखर्कमा कोभिडको कारण बन्द रहेको पर्यटक गाउँ मजदुर शिविर क्याम्प पुनः सञ्चालनमा आएको छ । रामेछाप र दोलखाको संगमस्थलको रुपमा रहेको शैलुङ क्षेत्रमा पछिल्लो पटक पर्यटकहरुको आउने क्रम बढेसँगै बन्द रहेको क्याम्प पुनः सञ्चालनमा ल्याइएको हो ।


शैलुङ पर्यटन क्षेत्रको अभियन्ता दावा साङ्बु शेर्पाले बन्द रहेको टुरिस्ट क्याम्प पुनः सञ्चालनमा ल्याइएको रामेछाप न्युजलाई बताए । उनका अनुसार यस क्याम्पमा विगतमा बेलालयतबाट आएको पर्यटकहरु बस्दै आएका छन् । बेलायतबाट कोभिड अघि ४० भन्दा बढी गु्रप आउने गरेको स्मरण गर्दै शेर्पाले शैलुङ क्षेत्रमा विस्तारै विदेशी पर्यटकहरुको संख्या बढन थालेको बताए । शैलुङ पछिल्लो समय आन्तरिक पर्यटकहरुको गन्तव्यको रुपमा विकास हुँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्