यस पटक २० हजार बढी मत ल्याएर चुनाव जित्छुः कान्छाराम



२२ कात्तिक, रामेछाप ।
सत्ता गठबन्धनबाट रामेछापको प्रतिनिधिसभाका साझा उम्मेदवार नेपाली कांग्रेसका जिल्ला पार्टी सभापति पूर्ण बहादुर तामाङले यस पटकको निर्वाचनमा वीस हजार भन्दा बढी मत ल्याएर विजयी हुने बताएका छन् । गत निर्वाचनमा थोरै मतले पराजित भएपनि निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार काम गरेको बताउदै यस पटक माओवादीसँग गठबन्धन भएकाले धेरै मत ल्याएर चुनाव जित्ने बताएका हुन् ।

रामेछाप न्युजसँगको भिडियो अन्र्तवार्ताको क्रममा कान्छारामले भने,‘म विपक्षी दललाई गाली गर्न चाहन्न, रामेछापको समग्र विकासमा सबै मिलेर काम गर्नुपर्छ, रामेछाप जिल्लाको विकास गठबन्धनले गर्न सक्छ, म निर्वाचित भएपछि रामेछाप जिल्लाभित्रको आवश्यकतालाई पहिलो प्राथमिकता दिएर काम थाल्छु ।’ आफूले निर्वाचितमा पराजित भएपनि जिल्लाका लागि एक दर्जन भन्दा बढी एम्बुलेन्स निशुल्क रुपमा प्रदान गरेको बताउदै आगामी दिनमा निर्वाचित भएपछि पनि रामेछापवासीको सेवामा सर्मपित हुने बताए ।

भिडियाे

प्रतिक्रिया दिनुहोस्
bBt2x0y, 5v6pZLGn, 8nOUK, aQVfu9, bNoxLtvo, 9MocAfKPNfVPU, MxhqnCzQGtRpWoi1, cgQXFwS4, 8PwuEdubY5VJ, 7kj2JtlJM