रामेछापको दोरम्बा गाउँपालिकामा विजयी हुनु ठूलो सफलताःशाक्य



१३ जेठ, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका नेता हितमान शाक्यले रामेछापको दोरम्बा गाउँपालिकामा माओवादीले जित्नु ठूलो सफलता भएको बताएका छन् । रामेछापको दोरम्बा ऐतिहासिक भूमि रहेको बताउदै उनले आगामी निर्वाचमा सबै रामेछापको गाउँपालिका जित्ने गरी लाग्नु पर्ने बताएका हुन् ।

नेता शाक्यले माओवादी नेतृत्वको सरकारले जनप्रिय काम गरेको बताउदै सरकारले गरेको राम्रो कामको बारेमा सबै नेताहरुलाई बुझाउन आवश्यक रहेका बताए । उनले भने,‘प्रचण्ड नेतृत्वको सरकारले निकै राम्रो काम गरेको छ, अब यही राम्रो कामलाई लिएर जनताको घर आँगनमा जानुपर्छ ।’


दोरम्बा–काठमाडौं संघीय जनसम्पर्क मञ्चद्धारा शनिवार राजधानीमा आयोजित दोरम्बा र सुनापति गाउँपालिकाबाट निर्वाचित पदाधिकारीहलाई सम्मान कार्यक्रममा दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले पाँच बर्षको अवधिमा दोरम्बा गाउँपालिकामा जनताले महशुस गर्ने गरी परिवर्तन गर्ने बताए । उनले भने,‘ऐतिहासिक दोरम्बा गाउँपालिकालाई नमूना गाउँपालिका बनाउन हामी प्रतिबद्ध भएर लाग्छौं ।’
कार्यक्रममा दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तान, उपाध्यक्ष कृशला घिसिङ, रामेछापका जिल्ला इन्चार्ज समेत रहेका सुनापति गाउँपालिका अध्यक्ष धावा लामा, सुनापति गाउँपालिका उपाध्यक्ष गिता विष्ट (चौलागाई) सहित वडा अध्यक्षहरुलाई सम्मान गरिएको छ ।

उक्त कार्यक्रममा निर्वाचन क्रममा दोरम्बा गाउँपालिका–४गौश्वारामा एमालेको सांघातिक आक्रमणमा परी घाइतेहरुकालाई पनि सम्मान गरिएको छ । एमालेको आक्रमणमा परी टुल्क मगरको आँखा गुमेको छ भने हेम थापाको टाउकोको अप्रेसन गरेर अहिले आराम गरिरहेका छन् । घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ भने निर्वाचनमा दोरम्बा गाउँपालिका–४ गौश्वराका एमालेबाट उम्मेदवारको प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।

घटनामा संलग्न भएको भन्दै पीडित परिवारले पाँच जनाको विरुद्ध जिल्ला प्रहरी कार्यालय रामेछापमा किटानी जाहेरी दिएको छ ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता झक्कु सुवेदी, रामेछाप क्षेत्र नम्बर २ का सांसद समेत रहेका माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य श्यामकुमार श्रेष्ठ, पोलिटब्यूरो सदस्य एवं विदेश विभाग सचिव युवराज चौलागाई, नेता मैनकुमार मोक्तान लगायतको सहभागीता रहेको थियो

प्रतिक्रिया दिनुहोस्