पूर्व सभामुख पराजित गर्ने सोविता गौतम उपसभामुख बन्ने



५ माघ, का
ठमाडौँ । सत्ता गठबन्धनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोविता गौतमलाई उपसभामुख बनाउने तयारी गरिएको छ । सत्ता साझेदार दलबाट सभामुखमा एमालेका देवराज घिमिरे भएपछि उपसभामुखमा रास्वपाकी गौतमलाई बनाउने तयारी गरिएको हो । गठबन्धनमा आबद्ध दलहरुले रास्वपालाई उपसभामुख दिने सहमति जनाइसकेका छन् ।

सो बमोजिम गौतमलाई नै रास्वपाले कानुनका विषयमा जानकार भएकाले उपसभामुख बनाउनपर्ने तयारी गरेको छ । । शुक्रबार रास्वपाले आधिकारिक निर्णय गरेर सार्वर्जनिक गर्ने तयारी गरेको छ । गौतम काठमाडौं २ बाट प्रत्यक्ष निर्वाचित भएकी हुुन् । उनले पूर्वसभामुख तथा माओवादी केन्द्रकी ओनसरी घर्तीसहित एमालेका मणिराम फुयाँल, राप्रपाकी कुन्ती पोखरेललगायतलाई पराजित गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
e409wU952, wriqw0DcAxczW, 00PtaWr, LaBCYOTkhwn4Lc, fm9e3fsp, s4tqLop6w, 74q1c, j3yqG4U5x, W9awemMuc2n, HZ3MIMVHMcDF