रामेछापकाे लिखु तामाकाेसी गाउँपालिकामा सुन लुटेर भाग्दा भाग्दै पक्राउ परे महतरा



२९ माघ, रामेछाप ।
रामेछापको लिखु तामाकोसी गाउँपालिका–४ बिजुलीकोटस्थित नागिटोलमा सुन लुटेर भाग्दा भाग्दै गरेको अवस्थामा एक व्यक्ति पक्राउ परेका छन् । गाउँपालिकाको नागिटोलमा गोमा महतराको घरमा कोही नभएको समयमा घरको मुल ढोका फोडेर बाक्सामा रहेको सुनको गरगहनाहरु चोरी गरेर फरार भएका लिखुतामाकोसी गाउँपालिका–३ का १९ बर्षिय लोक बहादुर महतरालाई प्रहरीले सुन सहित प्रहरीले पक्राउ गरेको हो । सुन चोरी भएको सूचना प्राप्त गर्नासाथ प्रहरीले सीमा नाकामा चेकजाँच कडाई गरेको थियो ।

बरामद भएको सामान तथा स्थानहरुः-

  • जिल्ला रामेछाप लिखुतामाकोसी गा.पा.वडा नं. ३ बस्ने लोक बहादुर महतराको घरबाट नोकिया मोबाईल- १ थान, Memory र Card Reader १/१ थान
  • ऐ.ऐ.वडा नं.-५ आलडाँडा फोहोर फाल्ने ठाँउ नजिकबाट सुनको गरगहना र शंख १ थान
  • लिखुतामाकोसी गा.पा.-४ नागिटोल बाँझोबारीबाट पोतेहरु

बरामद भएको सुनको गरगहना र पोतेहरुः-

  • सुनको तिलहरी ठुलो सानो- ४ थान
  • सुनको सातगेडी सानो खाले- ७ थान
  • सुनको मंगलसुत्र सानो- १ थान
  • सुनको कानमा लगाउने ढुंग्री- २ थान
  • पोते काटिएको अवस्थामा- ६ थान (ठुलो लुङ् ४ थान सानो लुङ् २ थान)
  • पोते काट्न प्रयोग गरेको पिलास- १ थान

 

 

 

प्रतिक्रिया दिनुहोस्
zCGtV3PY, kF45yhzpmfnwJIj, JyZblG, q7tS5tqVADaeS, tECB, 5JvjyP5Qp9yG, CRXL, 4FgqocMf, WLUFqBBk