रामेछापको सदरमुकाम मन्थली आसपासको जंगलमा भिषण आगलागी (फोटोफिचर)



१४ चैत्र, रामेछाप ।
रामेछापको सदरमुकाम मन्थली आसपासको जंगलमा भिषण आगलागी भएको छ । केही दिनअघिबाट सुरु भएको आगलागी नियन्त्रण बाहिर गएको छ । आगलागीबाट करोडौको क्षति भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

मन्थली नगरपालिकाभित्रको विभिन्न वन क्षेत्रमा लागेको आगो नियन्त्रण बाहिर गएसँगै स्थानीय चिन्तित बनेका छन् । प्रहरीले आगलागी भइरहेको क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा बस्नको लागि आग्रह गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी होमबहादुर पराजुलीले मन्थली नगरपालिकाको विभिन्न क्षेत्रमा लागेको आगो नियन्त्रण बाहिर रहेको बताउदै त्यस क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जानको लागि आग्रह गरिएको बताए । आगलागीबाट अहिलेसम्म मानविय क्षति नभएको बताउदै जताततै जंगलमा आगलागी फैलिएको कारण नियन्त्रणमा आउन नसकेको उनले बताए ।

\ \
तस्बीरः रमेश सुवेदीबाट

प्रतिक्रिया दिनुहोस्