मन्थली काठमाडौ सिधै यातायात सञ्चालन हुने



१५ असोज, रामेछाप ।
रामेछापको सदरमुकाम मन्थलीबाट राजधानी काठमाडौ जोडने प्रमुख नाका खुर्कोटको पुल बाढीले बगाएसँगै अब मन्थली दोलखा हुँदै काठमाडौै सिधै यातायात सञ्चालन हुने भएको छ । बाढीले दोलखाको किर्णेमा तामाकोसी नदीले कटान गरेको पाँच सय मिटरमा डाइभर्सजन गरेर भोलिबाट काम अघि बढाउने सहमति भएको छ । खुर्कोटको पुल बगाएको र किर्णेमा सडक कटान गरेको कारण हाल मन्थलीबाट काठमाडौसम्म सिधै यातायात सञ्चालन हुन सकिरहेको छैन् । आज भएको सर्वपक्षिय सहमति अनुसार भोलि किर्णेमा डाइभर्सन गरेर सम्भव भएसम्म भोलि नै यदी नभएको अवस्थामा पर्सीबाट नियमित रुपमा यातायात सञ्लान गर्ने गरी काम हुने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रदीप कुमार सिंहले जानकारी दिए । यो सडक सञ्चालनमा आएपछि रामेछापवासीको लागि ठूलो राहत हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
ONP6ie, GBfrcibf7fBRdK, 2ePk7BPWL0azwe, PtLVL8m, UhdkvI, k1cn1CJ, GF5BliWSCxig2AS, 6I3HK6zhZpUPT5x, 5GGfOFIZLy8tIP2V, kHObGzdb