दशैको दिन रामेछापमा ट्याक्सी दुर्घटनाः चालकको मृत्यु, शोकमा डुब्यो गाउँ
रामेछाप ।
रामेछाप नगरपालिका–७ भालुखोप डाँडामा आज ट्याक्सी दुर्घटना हुँदा चालक लालकाजी घिसिङको मृत्यु भएको छ । सालुबाट भालुखोपतर्फ आउने क्रममा सडकबाट करिब दस मिटर तल खस्दा चालक मन्थली नगरपालिका–४ का बरिब ४० बर्षिय लालकाजी घिसिङको मृत्यु भएको हो ।

दुर्घटना हुनासाथ स्थानीयले उद्दार गरेर उपचारको क्रममा रामेछाप अस्पताल पुर्याए थिए । तर अस्पताले घिसिङलाई मृत घोषणा गरेको थिया । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता विश्वनाथ यादावले टयाक्सी दुर्घटना हुँदा चालक घिसिङको मृत्यु भएको बताए । उनका अनुसार सडकबाट करिब १० मिटर तल घरको करेसामा ट्याक्सी खसेको थियो । घिसिङको मृत्यु हुँदा गाउँ नै शोकमा डुबेको छ ।
