रोशीको वितण्डाः बीपी राजमार्गमा यातायात मात्र होइन, पैदल हिड्न समेत नमिल्ने
काठमाडौं ।
अविरल बर्षासँगै रोशी खोलामा आएको बाढीको कारण बीपी राजमार्गको ड्राइभर्सजन पूर्ण रुपमा बगाउदा राजधानी काठमाडौंसँगको यातायात सम्बन्ध टुटेको छ । राजधानी काठमाडौ प्रवेश गर्ने मुख्य राजमार्गको ड्राभइर्सन बगाउदा यातायात मात्र होइन, पैदल यात्री समेत हिड्न नमिल्ने अवस्था सृजना भएको छ । गत बर्ष असोज १२ गते आएको बाढीको कारण बीपी राजमार्गको करिब १२ किलोमिटर सडक पूर्ण रुपमा बगाएको थियो ।

सरकारले बीपी राजमार्गको स्थायी पुननिर्माणको लागि ठेक्का समेत लगाएको छ । तर अस्थायी ड्राभर्सजन बगाउदा बगाउदा पूर्वी पहाडबाट राजधानी काठमाडौ आवतजावत गर्ने सवारी साधन अब मन्थली चरिकोट दोललघाट हुँदै धुलिखेलबाट राजधानी काठमाडौं आउनु पर्ने अवस्था सृजना भएको छ । गत बर्ष पनि बीपी राजमार्ग बगाएपछि विकल्पको रुपमा सो रुट प्रयोग गरिएको थियो । रोशी खोला घटेपछि मात्र पुनः ड्राभर्सजन बनाउने प्रक्रिया अघि बढाउने तयारी सडक डिभिजन भक्तपुरले गरेको छ ।



तस्बीरः राज मैनाली
