रामेछापका डिएसपी भट्ट ‘पूर्ण शान्ति प्रहरी पुरस्कार’बाट पुरस्कृत
काठमाडौं ।
नेपाल प्रहरी दिवस २०८२ को अवसरमा रामेछापका प्रहरी प्रमुख डिएसपी भोला कुमार भट्ट ‘पूर्ण शान्ति प्रहरी पुरस्कार’बाट पुरस्कृत भएका छन् । ७० औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा शुक्रबार भएको विशेष कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले भट्टलाई पूर्ण शान्ति पुरस्कार प्रदान गरेका हुन् ।

राष्ट्र र नागरिकसेवामा समर्पित “सत्य सेवा सुरक्षणम्” को आदर्शलाई आत्मसात गरी राष्ट्रवासीलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन डिएसपी भट्टले पुर्याएको अतुलनीय योगदानको कदर स्वरुप “पूर्ण शान्ति प्रहरी पुरस्कार २०८२” प्रदान गरिएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापको प्रमुखका रुपमा रहेका भट्टले जिल्लाका विभिन्न आपराधिक गतिविधिहरू नियन्त्रण गर्न , मादक पदार्थ नियन्त्रण गर्न ,सडक सुरक्षा लगाएत नागरिकमैत्री शान्ति सुरक्षाको कार्यमा उल्लेखनीय भूमिका खल्दै आएका छन् । पुरस्कृत भएका डिएसपी भट्टले पुरस्कारले रामेछाप प्रहरीको प्रतिष्ठा र जनविश्वास अझ बलियो बनाउने बताए ।
