गृहराज्य मन्त्री श्रेष्ठको स्वकीय सचिवमा कार्की



५ भदौ, काठमाडौं ।
गृह राज्य मन्त्री श्यामकुमार श्रेष्ठको स्वकीय सचिवमा प्रेमकुमार कार्की ‘सेवक’ नियुक्त भएका छन् । मन्त्री श्रेष्ठले लामो समयदेखि राजनीतिमा सक्रिय रहदै आएका कार्कीलाई स्वकीय सचिवमा नियुक्त गरेका हुन् । शनिवार राज्य मन्त्री भए लगत्तै मन्त्री श्रेष्ठले कार्कीलाई स्वकीय सचिवको जिम्मेरी दिएका छन् ।

स्वकीय सचिव कार्की जनयुद्धकालदेखि नै माओवादी सक्रिय रहदै आएका थिए । कार्की यस अघि माओवादी केन्द्रको जिल्ला कमिटी रामेछापको सचिव, वाइसीएलको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य हुँदै हाल पार्टीको केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्य रहेका छन् । स्वकीय सचिव कार्कीले मन्त्री श्रेष्ठको कार्यकाल सफल बनाउनको  लागि प्रतिबद्ध भएर लाग्ने रामेछाप न्युजलाई बताए ।

प्रतिक्रिया दिनुहोस्