रामेछापमा १ प्रतिनिधिसभा २ प्रदेशसभा निर्वाचन क्षेत्र निर्धारण, कहाँ कुन क्षेत्र ? (सूचीसहित)



१५ भदौ, काठामाडौं ।
निर्वाचन क्षेत्र निर्धारण आयोगले रामेछाप जिल्लामा १ प्रतिनिधिसभा र २ प्रदेशसभा हुने गरी निर्वाचन क्षेत्र निर्धारण गरेको छ । रामेछाप जिल्लामा यस अघि २ वटा निर्वाचन क्षेत्र रहेको थियो ।

संविधानमा नै १ सय ६५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र हुने उल्लेख गरे अनुसार रामेछापमा १ वटा मात्र प्रतिनिसभा निर्वाचन क्षेत्र हुने भएको छ । प्रदेशसभा भने २ वटा हुने भएको छ । रामेछाप जिल्लामा पछिल्लो तथ्याङक अनुसार २ लाख भन्दा बढी जनसंख्या रहेको छ । जिल्ला निर्वाचन कार्यालय रामेछापका अनुसार १ लाख ४० हजार भन्दा बढी मतदाता रहेका छन् ।
यस्तो छ रामेछापमा निर्वाचन क्षेत्र निर्धारणको अवस्थाः
प्रदेशसभाः रामेछाप जिल्लाको लिखु गाउँपालिका, रामेछाप नगरपालिका उमाकुण्ड गाउँपालिका, गोकुलगंगा गाउँपालिका र मन्थली नगरपालिकाको वडा नम्बर ३, ४ र ५ नम्बर वडा क्षेत्र नम्बर १ मा परेको छ ।

त्यसैगरी क्षेत्र नम्बर २ मा सुनापति गाउँपालिका, दोरम्बा गाउँपालिका, खाँडादेवी गाउँपालिका र मन्थली नगरपालिकाको १,२,६, ७,८,९,१०,११,१२,१३ र १४ वडा समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्