पञ्चायतकालमा सुगम घोषणा गरिएको रामेछापलाई दुर्गम बनाइयो



२५ भदौ, काठमाडौं ।
पञ्चायतकालमा दुर्गम रहेको रामेछापलाई सुगम जिल्ला घोषणा गरेपनि अन्ततः अहिले रामेछाप जिल्ला पुनः दुर्गम नै भएको छ । तत्कालिन राष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज सुवेदीले राजालाई खुसी बनाउन दुर्गम जिल्लालाई सुगम घोषणा गरेका थिए । पञ्चालयत कालमा सुगम गरेपछि रामेछापले दुर्गम बापत पाउने सबै सुविधाबाट बञ्चित भएको थियो । छिमेकी जिल्ला सोलुखुम्बु र दोलखाले दुर्गम जिल्लालाई पाउने सुविधा लिए पनि सुवेदीकी कारण रामेछाप जिल्ला विकास निर्माणमा पछि परेको थियो ।
संसदको विकास समितिले आइतवार पारित गरेको स्थानीय तह सञ्चालन सम्बन्धी विधेयकमा रामेछाप जिल्ला पहाडीबाट हिमाली जिल्लामा रुपान्तरण भएको छ । विकास समितिले स्थानीय तह सञ्चालन सम्बन्धी विधेयक बनाउन सात सदस्यीय उप समिति गठन गरको थियो । समितिमा धादिङका सांसद राजेन्द्र पाण्डे, गोरखाका सांसद हितराज पाण्डे र रामेछापका सांसद आङटावा शेर्पा लगायतका सदस्य रहेका थिए ।
समस्यौदा समितिका सदस्य सांसद शेर्पाले पञ्चालयकालमा दुर्गम जिल्लालाई सुगम जिल्ला बनाइएको भन्दै अब हिमाली जिल्लामा राख्नु पर्नेमा जोड दिएका थिए । सांसद शेर्पाले रामेछाप न्युजसँग भने,‘निकै ठूलो संघर्ष गरेर सुगम जिल्लालाई हिमाली जिल्लामा वर्गीकरण गर्न सफल भइयो, अब दुर्गम जिल्लाले पाउने सेवा सुविधा रामेछापले पनि पाउछ ।’
मस्यौदा समितिमा रामेछापलाई हिमाली जिल्लामा राख्न आफूले निकै भूमिका खेलेको उनले बताए । ‘समितिमा म नभएको भए यस पटक पनि रामेछाप सुगम जिल्लाकै रुपमा हुन्थ्यो’, सांसद शेर्पाले भने,‘सबै सदस्यलाई मनाएर रामेछापलाई सुगम जिल्लाबाट पुनः दुर्गम जिल्लाकै रुपमा वर्गीकरण गर्न सफल भएको छु, रामेछापवासी सबैले खुसी मान्नु पर्छ ।’
रामेछापवासीले सांसद बनाएको गुण तिर्न सफल भएको बताउदै सांसद श्रेष्ठले आफ्नो प्रस्तावलाई पारित गराउन साथ र सहयोग गर्ने समितिका सदस्यहरुलाई पनि धन्यवाद दिएका छन् । पञ्चायत कालमा नवराज सुवेदीले सुगम क्षेत्र घोषणा गरेर विकासमा बन्देज लगाएको भन्दै सुवेदीप्रति अहिले पनि रामेछापवासी निकै रुष्ट रहदै आएका थिए । अब हिमाली जिल्लाले पाउने सेवा सुविधा रामेछापले पनि पाउने भएको छ । रामेछाप जिल्लाभित्र महालङगुर हिमाल पर्दछ । जुन नेपालको महत्वपूर्ण हिमश्रङखला हो । यसको उचाई ६ हजार ९ सय ५९ मिटर रहेको छ ।
पञ्चायतकालमा दुर्गम रामेछाप सुगम बनाउदाको सास्तीः शेर्पा

पञ्चायतकालमा दुर्गम रामेछापलाई सुगम बनाउदा अहिलेसम्म रामेछापवासीले सास्ती पाएका थिए । छिमेकी जिल्ला दोलखाले दुर्गम जिल्लाको हैसियतमा बार्षिक करोडौ अनुदान लिने गरेको छ ।

तर रामेछापले पाउदैन्थ्यो । यतिसम्म कि सुगम बनाउने नाममा रामेछापको भूमि नै दोलखामा मिलाउने काम भएको छ । दोलखा र रामेछापको सीमाना खिम्ती खोला हो । तर चुचुरे गाविसको अन्तिममा पुगेर ग्वाङखोलालाई सीमाना बनाएर रामेछापको ठूलो भूभाग दोलखामा मिसाउने काम भएको छ ।

नवराज सुवेदीले आफू राष्ट्रिय पञ्चायतको अध्यक्ष हुने नाममा रामेछाप जिल्लालाई सुगम बनाउदा त्ससको मार अहिलेसम्म रामेछापवासीले खेपरिहेका छन् । जटापोखरी पाँचपाखेरी रामेछाप जिल्लाकै भुभाग भएपनि दोलखा जिल्लाको चाहना विपरीत पनि दोखलातिर मिसाउने काम भएको थियो । अहिले पुनः फिर्ता ल्याउने पहल भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्