माओवादी केन्द्र र एमालेबीच पार्टी एकता हुने



१६ असोज, काठमाडौं ।
नेकपा माओवादी केन्द्रले नेकपा एमालेसंग पार्टी एकीकरण वा चुनावी तालमेलमा जाने निर्णय गरेको छ । दुई पार्टीबीच दुरी बढीरहेको बेला अचानक पार्टी एकता गर्ने तयारी भएको छ ।
सोमवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकले आगामी संघ र प्रदेशसभा निर्वाचन अघि नै दुई बाम घटकबीच एकता गर्ने गरी तयारी अघि बढाउने निर्णय भएको पार्टीका प्रवक्ता पम्फा भुषालले बताइन ।

एमालेसंगको एकता वा चुनावी तालमेलको बिषयमा अन्तिम निर्णय गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई दिईएको छ ।

सचिवालका सदस्यहरुले मुलुकको राजनैतिक गतिरोध अन्त्यका लागी कम्युनिष्ट शक्तिहरुको एकतामा जोड दिएका थिए । बैठकले दुवै बिषयमा दुई दलबीच बृहत्त छलफल गरी केही दिन भित्रै ठोस निर्णयमा पुग्नुपर्नेमा सदस्यहरुको जोड रहेको प्रबक्ता भुषलले बताइन ।

प्रतिक्रिया दिनुहोस्