को हुन रामेछाप प्रदेशसभा क्षेत्र नम्बर २ का उम्मेदवार थापामगर ?



१६ कात्तिक, रामेछाप ।
रामेछापको प्रदेशसभा क्षेत्र नम्बरका २ मा प्रत्यक्षतर्फ नेपाली कांग्रेसका उम्मेदवार जितबहादुर थापामगर साबिकको दिमिपोखरी गाविस–३ रामेछाप,हाल सुनापति गाउँपालिका–२ दिमिपोखरी मानपुरमा २०३५÷०७÷१५ मा जन्मएका हुन् । ०४८ सालदेखि कांग्रेसको राजनीति सुरु गरेका थापामगर हाल रामेछाप प्रदेशसभा क्षेत्र नम्बर २ बा उम्मेदवार बनेका छन् ।


राजनीतिक पृष्ठभुमि
–२०४९ नेविसघंको सदस्य
– २०५१–२०५३ नेविसंघ जिल्ला कार्यसमिति सदस्य
–२०५१ सालको मध्यावधि निर्वाचनमा पार्टीको उम्मेदवार स्वर्गीय पद्यमशंकर अधिकारीलाई बिजय गराउन सक्रिय भूमिका निर्वाह गरेको ।
– नेपाल राष्ट्रिय मगर संघको दोस्रो महाधिवेशनदेखि हालसम्म निर्वाचित केन्द्रीय सदस्य ।
– २०५६ सालमा भएको आमनिर्वाचनमा पार्टीको उम्मेदवार स्वर्गीय रामहरि ढुंगेललाई विजय गराउन सक्रिय भूमिका निर्वाह गरेको
– २०५७–२०६२ गाउँ ईकाई उप–सभापति
– २०६२–२०६७ गाउँ ईकाइ सभापति
– नेपाल आदिवासी जनजाति संघको पहिलो जिल्ला अधिवेशन २०६३ मा महाधिवेशन प्रतिनिधि निवाचित ।
– बीपी चिन्तन प्रतिष्ठान रामेछाप सभापति
– २०६२–०६३ को दोस्रो जनान्दोलनको पटक–पटक गिरफ्तारीको साथै सात दिन प्रहरी हिरासतमा ।
– २०६७ सालमा भएको पार्टीको १२ औं जिल्ला अधिवेशनमा जिल्ला सचिवको निकटतम प्रतिस्पर्धी ।
– २०७२ सालमा भएको पार्टीको १३ औं क्षेत्रीय अधिवेशनमा निकटतम प्रतिस्पर्धी सभापति ।
– २०७४ सालमा भएको स्थानीय निर्वाचानमा पार्टीको उम्मेदवारहरुलाई बिजयी गराउन सक्रिय भूमिका निर्बाह गरेको ।
हाल प्रदेशसभा क्षेत्र नम्बर २ बाट नेपाली काग्रेसबाट प्रत्यक्षतर्फको उम्मेदवार ।

प्रतिक्रिया दिनुहोस्