रामेछापमा प्रतिनिधिसभा र प्रदेशसभामा बाम गठबन्धनको अग्रता



२२ मंसिर, रामेछाप ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतपरिणाम अनुसार रामेछापमा बाम गठबन्धनले अग्रता लिएको छ । पछिल्लो १२ घण्टाको मतपरिणाम अनुसार बाम गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नै २ हजार मतले अग्रता लिएको छ ।
रामेछापमा दोरम्बा र उमाकुण्ड गाउँपालिकाका आधा दर्जन भन्दा बढी मतकेन्द्रको मतपरिणाम आइसकेको छ । अहिलेसम्म रामेछापमा करिब १२ हजार मतगणना भएको छ । जस अनुसार बाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार श्यामकुमार श्रेष्ठले ६०११ र कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ कान्छारामले ३८२३ मत प्राप्त गरेका छन् ।


प्रदेशसभा क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार शान्ति पौडेलले अग्रता लिएका छन भने कांग्रेसका उम्मेदवार रत्न कार्कीले पौडेललाई पछ्याइरहेका छन् । प्रदेशसभा क्षेत्र नम्बर २ मा भने एमालेका उम्मेदवार कैलाश ढुंगेलले दोब्बर मतले अग्रता लिएका छन भने कांग्रेसका उम्मेदवार जितबहादुर थापामगरले निकै कम मत ल्याएका छन् । रामेछापमा अझै ७८ हजार मतगणना गर्न बाँकी रहेको छ ।

प्रारम्भिव मतपरिणाम अनुसार बाम गठबन्धने अग्रता लिएको छ । रामेछापको ८ स्थानीय तह मध्ये उमाकुण्ड गाउँपालिका र गोकुलगंगा गाउँपालिकाबाट कांग्रेसले धेरै मत ल्याउने दावी गरेको छ । बाँकी ६ वटा स्थानीय तहमा बाम गठबन्धनले लिड गर्ने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्