रामेछापबाट राष्ट्रियसभा सदस्यमा देवशकंर पौडेल सिफारिस



८ माघ, काठमाडौं ।
नेकपा एमालेले प्रदेश नम्बर तीनबाट रामेछापका जिल्ला इन्चार्ज एव पार्टीका केन्द्रीय सदस्य देवशकंर पौडेल राष्ट्रियसभा सदस्यको लागि सिफारिस भएका छन् । पूर्व सांसद समेत रहेका पौडेल राष्ट्रियसभा सदस्यको लागि सिफारिस भएका हुन् ।

प्रतिनिधिसभा निर्वाचनमा रामेछाप एमालेबाट प्रतिनिधी सभाका सदस्यमा दाबेदार रहेका पौडेल बाम गठबन्धनको सिट बाँडफाँडमा रामेछापको प्रतिनिधिसभा निर्वाचन क्षेत्र माओवादी केन्द्रले पाएपछि जिल्लाका निर्वाचन परिचालन कमिटीको संयोजक भएर चुनावी अभियानमा लागेका थिए ।

प्रदेश नम्बर ३ सिफारिस हुनेमा प्रदीप नेपाल,रघुजी पन्त,बेदुराम भुसाल,अमृत बोहोरा,केशव बडाल,देवशंकर पौडेल,आनन्द पोखरेल,कमला सुवेदी,मेघनाथ पौडेल,जगन्नाथ आचार्य,माधव अर्याल,गोपाल शाक्य लगायत छन् । एमालेले यहाँ ५ सिट जित्ने आकलन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्