रामेछापको ठाउँठाउँमा हिमपात, जनजीवन कष्टकर



१० माघ, रामेछाप ।
पानी परेसँगै रामेछापका विभिन्न स्थानमा हिमपात भएको छ । हिमपातको कारण जनजीवन कष्टकर भएको छ । जिल्लाको दोरम्बा गाउँपालिका, उमाकुण्ड, गोकुलंगा लगायतका क्षेत्रमा हिमपात भएको छ ।

जिल्लार्को डडुवा, गौश्वारा, गुम्देल, चुचुरे, प्रिति, गुप्तेश्वर लगायतका क्षेत्रमा हिमपात भएको रामेछापका प्रमुख जिल्ला अधिकारी दिलीपप्रसाद लामिछानेले बताए ।

हिमपातको कारण भूकम्प प्रभावितहरु थप समस्यामा परेका छन् । नीजि आवास निर्माणको काम नसकेका भूकम्प प्रभावितहरु अहिले पनि अअस्थायी टहरमा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्