किन भयो रामेछापका डिएसपी कुमोद ढुंगेलको सरुवा ?



९ फागुन, रामेछाप । रामेछाप जिल्लामा गुण्डागर्दी नियन्त्रण गर्न प्रभावकारी भूमिका खेलेका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख (डीएसपी) कुमोद ढुंगेलेको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयलेले ढुंगेललाई  रुपन्देहीमा काजगमा सरुवा गरेको हो ।
रामेछापमा अपराध नियन्त्रणमा राम्रो काम गरेका डीएसपी ढुंगेललाई गृहमन्त्री नबन्दै सरुवा गरिएको छ । रामेछापमा रहदा ढुंगेलले सैपुको सुन्तली तामाङमो हत्यामा संलग्नलाई भारतबाट प्रक्राउ गरेर ल्याएका थिए भने टाटासुमोभित्र आगो लगाएर फरार भएकाहरुलाई झापाबाट पक्राउ गरेर ल्याउन सफल भएका थिए ।

यस बाहेक ढुंगेलले जिल्लामा हुने गुण्डागर्दी पूर्ण रुपमा नियन्त्रण गरेका थिए । ज्यान मारेर बर्षैदेखि भागेकाहरुलाई समेत उनले पक्राउ गरी कानुनी दायरामा ल्याएका थिए । रामेछाप जिल्लामा सफल मानिएका ढुंगेलेको सुरुवा भएपछि अब पुनः जिल्लामा गुण्डागर्दी मौलाउने हो कि भन्ने त्रास थपिएको छ । रामेछापको डीएसपीमा अमरेन्द्रकुमार सिंहलाई सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्