एक बर्षमा तीन पदक जित्नु देशकै गौरवःप्रधानमन्त्री प्रचण्ड



२ मंसिर, काठमाडौं ।
मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप फाइनलमा बिजयी खेलाडीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मान गरेका छन् । बिहीबार प्रधानमन्त्री निवास वालुवाटारमा प्रधानमन्त्रीले देशको गौरव बढाएकोमा खेलाडीहरुलाई बधाई दिएका हुन् । उनले भने,‘२१ वर्षयता फुटबलको क्षेत्रमा नेपालले ठूला पदक जित्न सकेको थिएन । तर, पछिल्लो १ वर्षमै नेपालले ठूला ३ पदक जितेको छ, नेपालको विजयी सुरुवात भइसकेको छ । यो जितले नेपालको गौरव बढाएको छ, नेपालीहरुको मनोबल उच्च भएको छ, युवाहरुमा आत्मविश्वास बढेको छ ।’soleradi-jpg-222
खेलाडीहरुको प्रोत्साहनका लागि सरकारले प्रतिखेलाडी तीन लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको स्मरण गराउँदै प्रधानमन्त्रीले खेलाडीहरुको सम्मान र मनोबलका लागि सरकारले प्रतिखेलाडी तीन लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको बताए ।

भूकम्पबाट क्षतिग्रस्त रंगशाला पूनर्निर्माणको काम अघि बढिसकेको छ, छिटै रंगशाला पूनर्निर्माण हुने बताउदै प्रधानमन्त्री प्रचण्ड भने,‘अब त्यो रंगशाला पनि सानो भइसकेको छ, बृहत रंगशाला निर्माणका लागि सरकारले छिटै काम अगाडि बढाउछ ।’
सम्मान कार्यक्रममा युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइली खेलाडीहरुले देशको शीर उच्च बनाएकाले खेलाडीहरुको व्यवस्थापन गर्नको लागि सरकार प्रतिबद्ध भएर लागेको बताए । को एन्फाका कार्यबाहक अध्यक्ष मणि कँुंवरले भूकम्पबाट क्षतिग्रस्त पूनर्निर्माण र खेलाडीहरुको प्रोत्साहन एवं सम्मानका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
OiUMABwH, cOrZVuo6RnMnky, ZMeb, xbrE9Sxl, Uresr8, p3FY, PauCeO, gf88ir, iKeJaw7Odn7ci