रामेछापको चार पक्की पुल निर्माणमा सरकारले चाल्यो कडा कदम



४ मंसिर, रामेछाप ।
रामेछाप जिल्ला जोडने चार वटा पुल निर्माण तत्काल सम्पन्न गर्नको लागि सरकारले चासो देखाएको छ । पुल निर्माणको ठेक्का सम्झौता बमोजिम काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई सात दिनभित्र काम सम्पन्न हुन नसक्नुको कारण र पुल निर्माण सम्पन्न गर्ने कार्यविधि पेश गर्न सरकारले सूचना जारी गरेको छ ।

sunkoshi-pulll-ramechhap-jpg-1

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभाग मध्यामाञ्चल क्षेत्रिय सडक निर्देशनालय डिभिजन सडक कार्यालय खुर्कोटले कडा सूचना जारी गर्दै पुल निर्माण गर्न नसक्ने ठेकेदार कम्पनीलाई खारेज गरेर क्षतिपूर्ति समेत असुल गर्ने चेतावनी दिएको छ ।
रामेछाप जिल्लालाई सिधै काठमाडौंसँग जोडने सुनकोसीको खैरेनीघाट पुल, काभ्रे–रामेछाप जोडने चौरीखोला पुल, रामेछाप–ओखलढुङगा जोडने पुल र रामेछापको खहरे खोला पुल निर्माण समयमा नै सम्पन्न गर्न सरकारले चासो देखाएको छ ।

पुल निर्माणको लागि ठेक्का सम्झौता भन्दा बढी समय वितिसक्दा समेत ठेकेदार कम्पनीले समयमा काम गर्न नसकेको भन्दै स्थानीयबासीले विरोध गरेपछि डिभिजन सडक कार्यालय खुर्कोटले कडा कदम चालेको हो । समयमा नै पुल निर्माण कार्य सम्पन्न नहुँदा रामेछापवासीले सास्ती खेप्दै आएपछि सरकारले पुल निर्माणमा चासो देखाउदै पुल निर्माण गर्न लागेको हो ।ramechhap-ko-suchana

डिभिजन सडक कार्यालय खुर्कोटले चार वटा पुल निर्माणको ठेक्का पाएका कम्पनीले सात दिनभित्र पुल निर्माण हुन नसक्नुको कारण र समयमा नै सम्पन्न गर्ने ठोस योजना पेश गर्न सात दिने सूचना जारी गरेको छ । निर्माण व्यवसायीले सम्झौता बमोजिम हालसमम्म कार्य सम्पन्न गर्ने तर्फ कुनै चासो नदेखाएकोले यो सूचना प्रकाशित मितिले ७ दिनभित्र कार्य सम्पन्न हुन नसकनुको कारण, कार्य सम्पन्न गर्न सक्ने रिभाइड वर्क सेडेयुल स्रोत परिचालनको भरपर्दो योजना र कार्य सम्पन्न गर्ने प्रतिबद्धता सहित सम्बन्धित फर्म कम्पनीका आधिकारिक व्यक्ति यस कार्यालमा उपस्थिति हुन डिभिजन सडक कार्यालय खुर्कोटले सूचना जारी गरेको छ ।
सूचना बमोजिम सम्झौता अनुसार कार्य सुरु गर्ने तदारुक्ता नदेखाएमा सार्वजनिक खरिद ऐन २०६३ (पहिलो संशोधन २०७३) बमोजिम ठेक्का सम्झौता तोडी कार्य सम्पादन जमानत अग्रिम भुक्तानी जमानत बापतको धरौटी रकम पूरै जफत गर्नुका साथै सम्झौता अन्त्य समेत गरिने चेतावती डिभिजन कार्यालयले दिएको छ । सूचनामा सम्झौता बमोजिम बाँकी रहेको कार्य पूरा गर्न जे जति रकम आवश्यक पर्छ सो रकम त्यसरी सम्झौता बमोजिम कार्य नगर्ने निर्माण व्यवसायीबाट सरकारी बाँकी सरह असुल उपर गरिने समेत सूचनामा उल्लेख गरिएको छ ।

सूचना अनुसार खहरे खोला पुल रामेछाप ठेक्का सम्झौता २०७०।०७१ भएको यियो । उक्त पुल निर्माणको लागि रौताह ओम बुद्ध नमूना जेभीले ठेक्का सम्झौता गरेको थियो । त्यसैगरी लिखुखोला पुल शिरिस शिरिशचौर रामेछाप कन्काइ आमेम बुद्ध जेभी २०६७। ०६७ मा ठेक्का सम्झौता गरेको थियो । त्यसैगरी चौरी खोला पुल गुरासे सर्वउद्धार फेन्डस जेभीले २०६८। ०६९ मा ठेक्का सम्झौता गरेको थियो । त्सैगरी सुनकोशी पुल खैरेनीघाट कन्काइ लामा खाम्पाचे जेभीले २०६५ सालमा ठेक्का सम्झौता गरेको थियो । प्रधानमन्त्रीकाे निर्देशन तथा सांसद र नेताहरुकाे दबाब पछि बल्ल सडक डिभिजन कार्यालय खुर्काटले काम नगरेका रामेछाकाे ४ ओटा सडक पुल निर्माण नगर्ने निर्माण व्यवसायीलाई दिए ७ दिनकाे वारेन्टी  जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्