बेपत्ता रामेछाप प्रतिका वडा अध्यक्ष खत्री मृत भेटिए



२६ वैशाख, रामेछाप ।
मार्मिक पत्र लेख्दै वेपत्ता भएका रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका–५ प्रीतीका वडा अध्यक्ष कुविर खत्री मृत अवस्थामा भेटिएका छन् ।
मंगलबार विहानबाट बेपत्ता खत्रीको बुधवार विहान वडा नम्बर ५ प्रीतीकै बसेरी चिलाउने भन्ने ठाउँमा लाश भेटिएको हो । उमाकुण्ड गाउँपालिकाका प्रवक्ता रुद्रमणी नेवारले खोजतलास गर्ने क्रममा उनको लाश भेटिएको जानकारी दिए । खत्रीको मोटरसाइकल , कोट , जुत्ता र डायरी मंगलबारै फेला परेको थियो ।

अध्यक्ष खत्रीको मोटरसाइकल , कोट , जुत्ता र डायरी भेटिको भन्दा पाँच सय मिटर तल लाश भेटिएको हो । मंगलबारको गाउँकार्यपालिकाको वैठकमा अबेरसम्म नआएपछि वडा अध्यक्ष खत्रीलाई सम्पर्क गर्दा फोन नउठेको र घरपरिवारमा फोन गर्दा विहानै हिडेको जानकारी आएपछि उनको गाउँपालिका , प्रहरी र स्थानीयहरुले खोजी कार्यमा लागका थिए । मृत भेटिएका खत्री नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्