मुल्य बृद्धिको विरुद्ध रामेछापमा विरोधमा उत्रियो नेविसंघ



२२ जेठ, रामेछाप ।
सरकारले नागरिकहरुको दैनिक जनजीवन नै प्रभावित पार्ने गरी पटक–पटक पेट्रोलिय पदार्थको मुल्य बढाएको विरुद्ध नेपाल विद्यार्थी संघ रामेछापले विरोध जनाएको छ ।

नेविसघले तत्काल सरकारकाले मुल्य बृद्धि फिर्ता नलिए शसक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । नेविसघंले समृद्ध नेपाल सुखी नेपालको नारा अगाडि सारेको सरकारले मुल्य बृद्धि गरेर नागरिकको ढाड सेक्ने काम गरेको बताएको छ ।

नेविसंघ रामेछापले पेट्रोलिय पदार्थमा भएको मुल्य वृद्धिको विरोधमा मंगलबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापानपत्र पेस गरेको छ । विरोध जुलुस सहित मन्थली बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय पुगको नेविसंघले रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा समक्ष २ वुँदे ज्ञापन पत्र बुझाएको छ ।


नेविसंघका जिल्ला कोषाध्यक्ष युवराज सुवेदीले हस्ताक्षर गरेको ज्ञापनपत्रमा वर्तमान सरकार गठन भएपछि पाँचौ पटक भएको पेट्रोलिय पदार्थको मुल्य वृद्धिले खाद्यान्ह, निर्माण सामाग्री लगायत जनजीवनमा प्रत्यक्ष प्रभाव पर्ने वस्तुमा भएको चरम मुल्य वृद्धिले नेपाली जनताको ढाड सेक्ने काम भएकोले तत्काल मुल्यवृद्धि फिर्ता लिन माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्