रामेछाप जिल्लाको विकास गर्न जनप्रतिनिधि एकै ठाउँ, बन्ला त गाउँ ?



२२ जेठ, रामेछाप ।
रामेछापको ८ वटै स्थानीय तहको विकास कसरी गर्ने भन्ने विषयमा जनप्रतिनिधिहरु एकै ठाउँमा भेला भएका छन् । समृद्ध र विकसित रामेछाप निर्माण गर्नको लागि रामेछापका ८ वटै स्थानीय तहका जनप्रतिनिधिहरु एकै ठाउँमा भेला भएका हुन् ।
जिल्लालाई अल्पकालिन, मध्यकालिन र दिर्घकालिन रुपमा कसरी विकसित बनाउन सकिन्छ ? विकासको योजना अगाडि बढाउदा कुन–कुन विषयलाई प्राथमिकता दिने ? भन्ने विषयमा एकै ठाउँमा भेला भएर छलफल गरेका हुन् ।


जिल्ला युवा समिति रामेछाप र गैर सरकारी संस्था महासंघ रामेछापले संयुक्त रुपमा आयोजना गरेकाको कार्यक्रममा जनप्रतिनिधिहरुले जिल्लाको विकास र संवृद्धिका लागि सम्भावना र चुनौतीका बारेमा खुलेर छलफल गरेका थिए ।
जिल्ला युवा समिति रामेछापका अध्यक्ष प्रकाश कुमार कार्कीको अध्यक्षता भएको बहस कार्यक्रममा जनप्रतिनिधिहरुले विकासको खाका प्रस्तुत गरेका थिए । जनप्रनिनिधिहरुले कतिपय साझा विषयहरुमा साझा धारण र समन्वय गरेर अगाडि बढने पनि बताएका छन् ।
कार्यक्रममा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुँगेल, राष्ट्रिय योजना आयोगका सदस्य मिन बहादुर शाहीले कार्यपत्र प्रस्तुत गरेका थिए ।


कार्यक्रममा प्रदेश नम्बर ३ का सांसद शान्ति प्रसाद पौडेलले जिल्लाको विकासका आधार तयार भइसकेकाले अब कार्यान्वन गर्नतर्फ सबै लाग्नु पर्ने बताए । उनले जिल्लाको विकासका आधार पर्यटन, जलविद्युत र कृषि नै भएको बताउदै सबैले समन्वय गरेर विकासका प्राथमिकताको आधारमा अगाडि बढनु पर्ने बताए ।


जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्का, मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेत, खाँडादेवी गाउाँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङ, दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिह मोक्तान, लिखु तामाकोसी गाउँपालिका प्रमुख गोविन्द खड्का, विभिन्न गाउँपालिकाका उपाध्यक्ष, वडा अध्यक्ष लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
neYv1bGoHLxYcJOJ, 86ov6HEzKldipuP, l2yjb, AR013myYwUhPMP0, ZkYmmjs6tWeFUDO, jkgTYu7LHpTylyK, mTmrtOQ9rxM, FJ2MDDInrEaPc