रामेछापको जिल्ला कमिटीमा पर्ने पूर्व माओवादी केन्द्रबाट ६६ जनाको नाम टुंगियो (नामावली सहित)



२६ साउन, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी रामेछापमा रहने १३५ सदस्यी जिल्ला कमिटी मध्ये पूर्व माओवादी केन्द्रले पाएको ६६ जना सदस्यको नाम टुंगो लगाएको छ । रामेछापका एकता कार्यादलको निर्णय अुनसार पूर्व माओवादी केन्द्रका जिल्ला इन्चार्ज धावा लामाले ६६ जना सदस्यको नामावली कार्यदललाई पठाउने निर्णय भएको हो ।

पूर्व माओवादी केन्द्रबाट अधिकाश पुरानै र केही नयाँ अनुहार जिल्ला कमिटीको सदस्यमा परेका छन् । जिल्ला कमिटीमा सुनापती गाउँपालिका–४ बेथानबाटै मात्र १२ जना पर्न सफल भएका छन् । पूर्व जिल्ला इन्चार्ज समेत रहेका सुनापति गाउँपालिका अध्यक्ष धावा लामा, पूर्व सभासद डिल्लीमान तामाङ, पेमा लामा, रामकुमार लामा, हिरा दोङ, खड्ग घिसिङ जिल्ला कमिटीमा परेका छन् ।

त्यसैगरी विष्णु तोलाङगे, कमला विसी, भुवन विक्रम घिमिरे, सरिता लामा, गोविन्द विक्रम घिमिरे मनोज केसीको नाम जिल्ला कमिटीको सदस्यमा सिफारिस भएको छ । रामेछापको ८ वटा स्थानीय तह मध्ये सबै भन्दा बढी जिल्ला कमिटीको सदस्यमा पर्नेमा सुनापति गाउँपालिका परेको छ ।

यस्तो छ रामेछाप न्युजलाई प्राप्त नामावलीः

प्रतिक्रिया दिनुहोस्